Breaking News
Loading...
Thursday, February 5, 2015

Info Post


रोल्पा जिनावाङ गाउ विकास समिति जिनावाङ रोल्पाको आ व २०७१÷७२ को बजेटबाट बाख्राको नश्ल सुधारको लागी १लाख ५०हजार रुपैया बिनियोजन गरिएको छ । यूवा हरुलाइ बिदेश जान बाट रोक्न भन्दै खोलिएका बिभिन्न फर्म हरुलाइ लक्षित गरि यस्तो कार्ययोजना तयार पश्चात बजेटको ब्यवस्था गरिएको हो  । यसरी बिनियोजित बजेटबाट कुनै बोका खरीद गरिने संभावना भने छैन ।

जिनावाङ मा संचालन गरिएका बाख्रापालन फर्म हरुको अगुवाइमा जिल्ला पशु स्वास्थ्य कार्यालय रोल्पाको अगुवाइमा सिमेन ल्याइ एआइ मार्फत गर्भाधान गरिनेछ । यसकोलागी अहिले अनुसंधानमा रहेको बोयर जातको सिमेन ल्याइ गर्भाधान गराइने छ ।

यसकोलागी बजेट प्रयाप्त नभएपछि बढिमा १ सय बाख्रामा कृतिम गर्भाधान गराउने लक्ष्य लगिएको योजना कर्ताहरु बताउछन ।
Next
This is the most recent post.
Older Post

0 comments:

Post a Comment